एमाले कार्यकर्ता राष्ट्रपति भए हामी हराएरै छाड्छौं : गगन



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिमा एमालेले उठाएको उम्मेदवारलाई हराउन लाग्ने प्रतिबद्धता गरेका छन् ।बुधबार आयोजित ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने टिप्पणी गरे ।

उनले भने, ‘राष्ट्रपतिमा आँखा लाउलास् भनेर साथीहरुले भन्नुहुन्छ । तर, त्यो पनि ठीकै हो । नेपालको राष्ट्रपतिको संस्थालाई हामीले मनलाग्दा संविधानलाई मिच्न मिल्ने । हामीले संसद विघटनको बेलामा हेर्‍यौं । राष्ट्रपतिकहाँ अड्किएको विधेयक र सरकारले निर्वाचनपछि लिएर गएको अध्यादेश दुवै विषयमा मेरो आफ्नो मत छ ।’ एमालेबाट प्रस्तावित राष्ट्रपति आए संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्ने उनको दाबी छ ।

महामन्त्री थापाले भने, ‘राष्ट्रपति एमालेले आफ्नो कार्यकर्ता बनायो भने त्यो ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ । अस्ति अभ्यास त भइसक्यो । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । त्यसले बालुवाटारले मात्रै होइन शीतलनिवासले पनि कार्यकारी अधिकारको प्रयोग गर्न थाल्छ । त्यसले संविधानलाई दुर्घटना पार्छ । हामी एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं । हराएरै छाड्छौं। त्यतातर्फ लाग्छौं लाग्छौं ।’

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...