ओली र प्रचण्डबीच बालकोटमा भेटवार्ता



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ ।गठबन्धनमा अविश्वासको वातावरण बढ्दै गएपछि दुई नेताको भेटघाट बाक्लिन थालेको हो । प्रचण्ड ओलीलाई भेट्न बुधवार बिहानै बालकोट पुगेका हुन् । बुधवार सुदूरपश्चिम सरकारले विश्वासको मत लिने र लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन हुँदैछ ।

नेपाली कांग्रेसले माओवादीलाई फकाउन विभिन्न निर्णय गर्दै आएपछि भावी राष्ट्रपतिको विषयलाई लिएर एमालेमा आशंका उत्पन्न हुँदै गएको नेताहरूले बताउँदै आएका छन् । आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा बिदा हुन लाग्दा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । सोही निर्वाचनलाई लिएर राजनीति गर्माउन थालेको छ ।

संसद्को पहिलो दल कांग्रेसले समेत राष्ट्रपतिका आकांक्षा राख्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेबाट बनाउने सहमति भएको एमाले नेताहरू बताउँछन् । तर, कांग्रेसबाट राष्ट्रपति बनाउन प्रधानमन्त्री प्रचण्ड सहमत भएको हो कि भन्ने संशय एमालेमा देखिँदै आएको छ । यसअघि मंगलबार पनि प्रचण्ड ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...