पूरानै गठबन्धनमा फर्काउने भन्दै माधव र नारायणकाजीबीच छलफल



हाम्रो इकोनोमि

 

 

उपप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पुगेका छन् । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गर्न श्रेष्ठ आलोकनगरस्थित पार्टी कार्यालयमा पुगेका हुन् ।

सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रधानमन्त्री प्रचण्डलाई जानकारी दिएरै श्रेष्ठ माधव नेपाललाई भेट्न गएको स्रोतको दाबी छ । दुई नेताबीचको छलफलमा नेकपा एसका उपमहासचिव डा.गंगालाल तुलाधर पनि सहभागी छन् । यसअघि नेकपा एसका उपमहासचिव डा.विजय पौडेल विहीवार माओवादी बैठक चलिरहेका बेला पेरिसडाँडा पुगेका थिए ।

दुई पार्टीबीच एकताका लागि दस्तावेज आदान प्रदान भइरहे पनि श्रेष्ठ सो जिम्मेवारीमा छैनन् । नेकपा एसलाई पनि सरकारमा ल्याउन प्रधानमन्त्रीले चाहेका छन् । तर नेकपा एमालेले नचाहेसम्म एसलाई भित्र्याउन नसकिने माओवादी नेताहरु बताउँछन् । नेकपा एसका अध्यक्ष नेपाल माओवादीलाई एमालेसँगको गठबन्धनबाट पूरानै गठबन्धनमा फर्काउन प्रयासरत छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...