राष्ट्रिय टीमको प्रशिक्षणमा फर्किए सन्दीप लामिछाने



हाम्रो इकोनोमि

 

 

नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने करिब ५ महिनापछि बन्द प्रशिक्षणमा फर्किएका छन् । हिजोमात्रै २० सदस्यीय टोलीमा ज्वाइन भएका उनले आजबाट प्रशिक्षण थालेका हुन् । आउँदो महिना हुने त्रिकोणात्मक घरेलु एक दिवसीय सिरिजका लागि अहिले नेपाली टिम भारतीय प्रशिक्षक मोन्टी देसाईले प्रशिक्षण गराइरहेका छन् । नेपाल क्रिकेट संघले देसाईलाई प्रमुख प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेको छ । उनले हिजो सन्दीपलाई मैदानमा भेटेका थिए ।

प्रशिक्षकले समेत ग्रीन सिग्नल दिएपछि हिजै क्यानको छनोट समितिले सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाएको हो । त्यसअनुसार उनी हिजो नेपाली टीम बसेको होटलमा पुगेका थिए । टिमसँगै केही बेर उनी प्रशिक्षणका लागि मैदान पुगेका छन् ।आजै सन्दीपलाई धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारले सर्वोच्चमा गरेको पुनरावेदनमाथि पेशी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...