राष्ट्रिय टीमको प्रशिक्षणमा फर्किए सन्दीप लामिछाने



 

 

नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने करिब ५ महिनापछि बन्द प्रशिक्षणमा फर्किएका छन् । हिजोमात्रै २० सदस्यीय टोलीमा ज्वाइन भएका उनले आजबाट प्रशिक्षण थालेका हुन् । आउँदो महिना हुने त्रिकोणात्मक घरेलु एक दिवसीय सिरिजका लागि अहिले नेपाली टिम भारतीय प्रशिक्षक मोन्टी देसाईले प्रशिक्षण गराइरहेका छन् । नेपाल क्रिकेट संघले देसाईलाई प्रमुख प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेको छ । उनले हिजो सन्दीपलाई मैदानमा भेटेका थिए ।

प्रशिक्षकले समेत ग्रीन सिग्नल दिएपछि हिजै क्यानको छनोट समितिले सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाएको हो । त्यसअनुसार उनी हिजो नेपाली टीम बसेको होटलमा पुगेका थिए । टिमसँगै केही बेर उनी प्रशिक्षणका लागि मैदान पुगेका छन् ।आजै सन्दीपलाई धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारले सर्वोच्चमा गरेको पुनरावेदनमाथि पेशी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
ट्राफिक प्रहरीको हत्यामा संलग्न ७ आरोपी सार्वजनिक

  ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई समात्न

गृहमन्त्रीलाई बोल्न दिने विपक्षी मोर्चाको निर्णय

     विपक्षी दलहरूको मोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि उब्जेका प्रश्नबारे

प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ

     प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरिएको छ

एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा निर्वाचित

    नेकपा (एमाले) भक्तपुरको जिल्ला अध्यक्षमा बचन देउजा निर्वाचित हुनुभएको छ ।