प्रधानमन्त्रीलाई भेटन बालुवाटार पुगे रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

नागरिकता बिवादमा सर्वाेच्चको फैसलाले उपप्रधान तथा गृहमन्त्री र सांसद पद गुमाउनु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गर्नुभएको छ । रास्वपा अध्यक्ष लामिछाने आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग छलफल गर्नुभएको हो । राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दावी पेश गर्नुअघि गत पुस १० गते नेकपा एमालेका अध्यष केपी शर्मा ओलीको निवास बालकोटमा भएको सहमतिअनुसार गृह मन्त्रालय आफैले पाउनुपर्ने अडानमा रहनुभएका लामिछानेलाई प्रधानमन्त्रीले स्वार्थ मिल्ने मन्त्रालय दिन नसक्ने बताउनु भएको छ ।

प्रधानमन्त्रीको सो अडानपछि बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएका लामिछानेले आज प्रधानमन्त्री दाहालसँग पुन भेट गर्नुभएको हो । बालकोट र बालुवाटार पुगेर गृह मन्त्रालयको जिम्मेवारी पुनः प्रदान गर्न आग्रह गर्नुभएको थियो । उहाँले आजपनि प्रधानमन्त्री दाहालसँग पुरानै आग्रह गर्नुभएको बताइएको छ । प्रधानमन्त्री दाहालले अघिल्लो भेटमा जस्तै आज पनि सर्वोच्च अदालत संवैधानिक इजलासको आदेशको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको जिम्मेवारीबारे कुनै निर्णय नगर्ने बताएर पठाउनु भएको छ ।

प्रधानमन्त्री दाहालले यसअघि सत्ता गठबन्धनका प्रमुख दल एमालेका अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देनसँग् पनि रविको बिषयमा छलफल गर्नुभएको छ । तर माओवादी पार्टीबाटै रविलाई गृह मन्त्रालय दिन नहुने अडान आएपछि प्रधानमन्त्री सो बिषयमा झनझन कठोर बन्नुभएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...