राष्ट्रियसभा उपाध्यक्षमा पनि काँग्रेसले उम्मेदवारी दिने



हाम्रो इकोनोमि

 

 

 

नेपाली काँग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा पनि उम्मेदवारी दिने भएको छ । बिहीबार बिहान बसेको संसदीय दल कार्यसमितिको बैठकले उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो । तर, उम्मेदवार भने टुँगो लागेको छैन । अन्य दलहरुसँग छलफल गरेर उम्मेदवार टुंगो लगाउने काँग्रेसको तयारी छ ।राष्ट्रियसभा उपाध्यक्षका लागि माघ २३ गते निर्वाचन हुँदैछ।

त्यस्तै बैठकले संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद भवनमा बोलाउने निर्णय भएको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । राष्ट्रपति निर्वाचनका लागि पार्टीका तर्फबाट तयारी भइरहेको पनि उनले जानकारी दिए । मुख्य सचेतक लेखकले पार्टी संसदभित्रको काममा व्यस्त भएकाले केन्द्रीय कार्यसमितिको बैठक केहि समयमा लागि सारिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...