एमाले संसदीय दलको कार्यालयमा पुगे रवि



हाम्रो इकोनोमि

 

 

नागरिकता विवादमा मुछिएर अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री गुमाएका र आइतबार नयाँ नागरिकता बनाएपछि पुनः सोही जिम्मेवारीमा फर्कन प्रयास गरिरहेका रवि लामिछानेले आज पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।  हिजो अपरान्ह बालकोटमा भेटघाट गरेका लामिछानेले आज सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेटेका हुन् । साढे १२ बजेतिर ओली भेट्न पुगेका उनी करिब आधा घण्टा कुरा गरेर बाहिरिएका छन् ।

गृह मन्त्रालयको जिम्मेवारीमा फर्किन जोडतोडका साथ लागेका लामिछाने हिजो बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर दबाब दिँदा पनि उपलब्धि हात नलाग्ने बुझेपछि दिउँसो बालकोट गएका थिए । बालकोट भेटमा पूर्वसहमतिअनुसार गृहमा पुनस्र्थापित गराउने बचन पाएर फर्किएका उनी आज प्रधानमन्त्रीसँगको कुरा बुझ्न ओलीकहाँ पुगेका हुन् ।  यसअघि आज बिहानै लामिछानेलाई गृहमन्त्रीका लागि सिफारिस गर्न ओली बालुवाटार पुग्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...