सन्दीपको निलम्बन फुकुवा : तत्काल राष्ट्रिय टीमबाट खेल्न योग्य



 

 

नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन हिजो फुकुवा गर्‍यो । बलात्कारको आरोपमा प्रहरी अनुसन्धान सुरु भएपछि निलम्बनमा परेका सन्दीप पाँच महिनापछि फेरि राष्ट्रिय टीमबाट क्रिकेट खेल्न योग्य भएका छन् । पाटन उच्च अदालतको फैसलाले सन्दीप जेलमुक्त भएपछि उनीमाथिको निलम्बन हटाउने विषयमा क्यानले छलफल सुरु गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) र राष्ट्रिय खेलकुद परिषद् समेतले ग्रीन सिग्नल दिएपछि क्यानलाई निर्णय लिन सजिलो भयो । यद्यपि, निलम्बन फुकुवाका बाबजुद सन्दीपले तत्काल राष्ट्रिय टीमबाट खेल्न पाउने निश्चित भएको छैन ।

यसै महिना हुने त्रिकोणात्मक घरेलु सिरिजका लागि क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिसकेको छ । यसमा सन्दीप समेटिएनन् । यद्यपि, अझै पनि क्यानले चाहेमा उनलाई समेट्न सक्छ । बोर्ड बैठकको निर्णयपछि उनलाई बन्द प्रशिक्षणमा बोलाउन ढोका खुलेको छ । क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई बोलाउनेबारे कुनै निर्णय भई नसकेको बताए । उनले भने, ‘बोर्डको बैठकले गरेको निर्णय कार्यान्वयनका लागि हामीकहाँ आउने हो । हामीलाई औपचारिक जानकारी आइसकेको छैन । निलम्बन फुकुवा भनेर मात्र न्यूजमा आएको छ । यदि फुकुवा भएको हो भने राष्ट्रिय टीममा बोलाउने विषयमा छनोट समितिले निर्णय लिन्छ ।’

सन्दीपको फिटनेस र मानसिक अवस्था हेरेर मात्रै उनलाई टीममा राख्ने वा नराख्ने तय हुन सक्ने दास बताउँछन् । उहाँले धेरै समयदेखि क्रिकेट खेल्नुभएको छैन । फिटनेसमा पनि ध्यान दिन पाउनुभएको छैन । त्यसैले टीममा राख्नुभन्दा अगाडि त्यो सबै हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यो छनोट समितिको दायरामा पर्ने कुरा हो ।’

हिजो भएको क्यानको बोर्ड बैठक ७ जना सदस्यले बहिष्कार गरेका थिए । अध्यक्ष चतुर बहादुर चन्दसहित पाँच जनाको राजीनामा माग्दै बैठक बहिष्कार गर्नेहरूले पनि सन्दीपको फुकुवा निलम्बनलाई लिएर गम्भीर असहमति जनाएका छैनन् ।बहिष्कार गर्ने मध्येका एक छुम्बी लामाले बोर्डले गरेको निर्णय आफ्नो जानकारीमा नरहेको बताए । उनले भने, ‘विगतमा निलम्बन किन गरियो र हिजो फुकुवा किन गरियो हाम्रो जानकारीमा छैन ।’

सन्दीपलाई फुकुवा गरेपछि राष्ट्रिय टीममा फर्काउन मिल्छ त भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् । कानूनभन्दा माथि कोही पनि हुँदैन । सबै कुरा कानून बमोजिम हुनुपर्छ,’ उनले भने । नेपालमा फौजदारी मुद्दा लागेको व्यक्तिले राष्ट्रिय टीमबाट खेल्न पाउने वा नपाउने सम्बन्धमा कुनै कानून छैन । तर, अन्तर्राष्ट्रिय अभ्यास हेर्दा धेरै चर्चित खेलाडीहरूले पनि अदालतमा मुद्दा झेल्दै राष्ट्रको प्रतिनिधित्व गरेर खेलिरहेका हुन्छन् । क्यानले निलम्बन फुकुवाको निर्णय लिनु पछाडिको एउटा कारण अन्तर्राष्ट्रिय अभ्यास पनि हो ।

 

प्रतिक्रिया दिनुहोस
प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ

     प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरिएको छ

एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा निर्वाचित

    नेकपा (एमाले) भक्तपुरको जिल्ला अध्यक्षमा बचन देउजा निर्वाचित हुनुभएको छ ।

संसदीय छानबिन समिति कार्यदलको बैठक बस्दै

    सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    प्रतिनिधिसभाको बैठक आज बस्दैछ । कांग्रेसको अवरोधले निरन्तर विथोलिएको प्रतिनिधिसभा बैठक