नेपाल खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ गतेदेखि ९ गतेसम्म



 

 

नेकपा एमालेको जन वर्गीय संगठन नेपाल खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ गतेदेखि ९ गतेसम्म  विराटनगरमा हुने भएको छ । फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । महासंघका अध्यक्ष पशुराम बस्नेतका अनुसार महाअधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको तयारी सुरु भएको जानकारी दिँदै बस्नेतले यो महाधिवेशन समग्र खेल क्षेत्रमा लाग्नेहरूको लागि उत्सवको रूपमा रहने बताए । महाधिवेशन उद्घाटनको दिन कराँँते,उषु, तेक्वान्दो लगायत अन्य खेलहरु प्रर्दशन गरिने र दोस्रो राष्ट्रिय महाधिवेशनको गितमा सांस्कृतिक कार्यक्रम समेत हुने बताए ।

महाधिवेशन सम्पन्न गर्न हाल कायम रहेको २१६ सदस्यीय केन्द्रिय कमिटी नै मुल व्यवस्थापन समिति रहने तथा प्रदेश न. १ र मधेश प्रदेश महासंंघका जिम्मेवार कमरेडहरुको महाधिवेशन व्यवस्थापनमा विशेष सहभागिता रहने निर्णय गरिएको बताए । यिनै निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा १५ वटा उप समितिका संयोजक तथा सदस्यहरु  पनि चयन गरिएको बताए । राजनैतिक,सांगठनिक प्रतिबेदन लेखन उप- समितिका संयोजक क. कृष्ण बस्नेत, प्रतिनिधि व्यवस्थापन उप- समितिका संयोजक क. दिपेन्द्र दाहाल, विधान मस्यौदा उप- समितिका संयोजक क. भिम ओलि, आर्थिक व्यवस्थापन उप- समितिका संयोजक क. रुपेश अधिकारी, सहसंयोजक क. उज्ज्वल सुवेदी, स्वयंसेवक तथा सुरक्षा व्यवस्थापन उप-समितिका संयोजक क. शिवजी गुप्ता, खाद्यान्न व्यवस्थापन उप-समितिका संयोजक क. सन्तोष श्रेष्ठ, मञ्च व्यवस्थापन उप-समितिका संयोजक क. नन्दा बस्याल, जन परिचालन उप-समितिका संयोजक क. सन्तोष बान्तवा, खेलखुद प्रदर्शन उप-समितिका संयोजक क. ओम कृष्ण प्रसाईं, अतिथी सत्कार उप-समितिका संयोजक क. सम्भु पौडेल, आवास व्यवस्थापन उप-समितिका संयोजक क. विप्लव घोष, प्रचारप्रसार तथा मिडिया समन्वय उप-समितिका संयोजक क. तिर्थ बहादुर खड्का, स्वास्थ्य उप-समितिका संयोजक क. दिपक न्यौपाने, यातायात तथा ट्राफिक व्यवस्थापन उप-समितिका संयोजक क. सलिल प्रधान, जनसम्पर्क समन्वय उप-समितिका संयोजक क. रोहित कोइराला  रहेको छन् ।

बस्नेतले महाधिवेशनको उद्घाटन १० हजार भन्दा बढीको सहभागितामा आमसभाका रूपमा गरिने भन्दै बन्द सत्रमा समेत करिब ६ सय प्रतिनिधि, पर्यवेक्षक तथा खेल क्षेत्रका अगुवालगायतका १ हजार भन्दा बढीको सहभागिता हुने  जानकारी दिए । खेल क्षेत्रलाई महत्त्व दिने पार्टी नेकपा एमाले नै रहेको भन्दै उनले खेलकुद महासंघले खेलकुदको प्रवर्धन गर्दै खेलाडीहरूको हितका लागि नीति निर्माणमा पार्टीलाई दबाब दिने र यस क्षेत्रको समग्र विकासका लागि प्रयत्न गर्ने मुख्य उद्देश्य रहेको बताए । आजै आर्थिक उप- समितिको बैठक बसि आर्थिक बजेट सङ्कल्न गर्ने र अरु १४ वटा उप-समितिको बैठक छिटै बसि सभ्य र भब्य तरिकाबाट महाधिवेशन सम्पन्न गर्ने मिडिया समन्वय उप समितिका संयोजक  तथा महासंघको प्रवक्ता तिर्थ बहादुर खड्काले बताए । नेपाल खेलकुद महासंघको इन्चार्ज तथा सांसद  गोकुल बासकोटाको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
ट्राफिक प्रहरीको हत्यामा संलग्न ७ आरोपी सार्वजनिक

  ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई समात्न

गृहमन्त्रीलाई बोल्न दिने विपक्षी मोर्चाको निर्णय

     विपक्षी दलहरूको मोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि उब्जेका प्रश्नबारे

प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ

     प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरिएको छ

एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा निर्वाचित

    नेकपा (एमाले) भक्तपुरको जिल्ला अध्यक्षमा बचन देउजा निर्वाचित हुनुभएको छ ।