प्रचण्डसँग एमाले सशंकित, गठबन्धनभित्र खटपट



हाम्रो इकोनोमि

 

 

सत्ता सहकार्य थालेको एक महिनामै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच खटपट सुरु भएको छ । पुष १० को सहमतिअनुसार नेकपा एमालेलाई राष्ट्रपति दिन प्रचण्डको आनाकानीसँगै गठबन्धनमा समेत दरार आउनसक्ने संकेत देखिएको हो । माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसबाट एमाले कित्तामा पुगेपछि प्रधानमन्त्री र सभामुखमा आलोपालो नेतृत्व गर्ने तथा राष्ट्रपति एमालेले लिने सहमति भएको दुई दलबीच भएको थियो । त्यस बमोजिम माओवादीले प्रधानमन्त्री र एमालेले सभामुख पाइसकेका छन् । तर, राष्ट्रपतिको विषयमा भने प्रचण्डको भाका फेरिन थालेपछि एमाले झस्किएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने निर्णय माओवादीले लिएको छ, जुन एमालेलाई स्वीकार्य छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवार उठाउने घोषणा गरिसकेका छन् । केही दिनअघि उनले पत्रकारसँग भनेका थिए, ‘एमालेले आफ्नो उम्मेदवार उठाउँछ, राष्ट्रिय सहमति त्यही हो ।’ औपचारिक रुपमै निर्णय गरेर माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेपछि एमाले नेताहरु झस्किएका छन् । प्रचण्डले सहमतिबाट पछि हटेर धोका दिन खोजेको उनीहरुको बुझाइ छ । यद्यपि, पार्टीले कुनै औपचारिक प्रतिक्रिया दिइसकेको छैन ।

यता, माओवादीभित्र भने राष्ट्रपति एमालेलाई कुनै हालतमा छोड्नु नहुने मत बलियो छ । सहमतिको पालना गर्दा साढे दुई बर्षपछि राष्ट्रपति र प्रधानमन्त्री दुवै एमालेको हुने र आफूहरु अप्ठेरोमा पर्न सक्ने माओवादी नेताहरुको बुझाइ छ । प्रचण्ड पनि एमालेलाई राष्ट्रपति दिन चाहँदैनन् । गठवन्धनलाई दाउमा राखेर भए पनि आफू अनुकुल राष्ट्रपति बनाउने रणनीति उनको छ ।

त्यसो त सत्ता गठबन्धनको बिषयलाई लिएर अहिले माओवादीभित्र दुई धार देखिएका छन् । पार्टी उपाध्यक्षद्रय कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा, उपमहासचिव जनार्दन शर्मा र शक्ति बस्नेत एमालेलाई राष्ट्रपति दिन नहुने अडानमा छन् । आवश्यक पर्दा कांग्रेस नेतृत्वको गठबन्धन ब्यूउँताउनुपर्ने सम्मको रणनीतिका साथ उनीहरु कांग्रेससँग संवादमा छन् ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...