रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन पुगे



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि मन्त्री र सांसद पद गुमाएका रवि लामिछाने नयाँ नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । सर्वोच्च अदालतले शुक्रबार रविले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको थियो । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रूपमा गरेका सबै कार्य अवैध हुने भनेको थियो ।

लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेका र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउनेवित्तिकै उनको पुन: नागरिकता प्राप्तिको प्रक्रिया अघि बढ्नेछ । रवि आउनुअगावै काठमाडौं प्रशासन परिसरमा रविका कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । प्रहरीको समेत बाक्लो उपस्थिति छ ।

लामिछाने प्रतिनिधिसभाको उम्मेदवार हुन अयोग्य रहेको भनेर निर्वाचन आयोगमा समेत उजुरी परेकोमा आयोगले कुनै निर्णय गरेको थिएन । उनले दोब्बर मतान्तरमा चुनाव जितेका थिए । पुन: नेपाली नागरिकता लिएर रवि फेरि उपचुनाव लड्ने चर्चा बढेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...