वागमतीमा ११ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त ८ मन्त्रीले प्रदेश प्रमुख यादवचन्द्र शर्माट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । यहाँ गठबन्धनमा रहेका दलहरूमध्ये एमालेबाट ३, माओवादीबाट ३ र राप्रपाका २ जना नयाँ मन्त्रीहरूले शपथ लिएका हुन् ।

आज एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव पोखरेल, माओवादी केन्द्रबाट युवराज दुलाल, गंगानारायण श्रेष्ठ र कुमारी मोक्तान साथै राप्रपाबाट डम्बर तामाङ र राजु विष्टले शपथ लिए ।

 

यसअघि पुस २६ गते विनाविभागीय मन्त्रीको शपथ लिएका राप्रपाका उद्वव थापाले ऊर्जामन्त्रायलयको जिम्मेवारी पाएका छन् । एमालेका जगन्नाथ थपलियाले मुख्यमन्त्रीसँगै आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका थिए । हिजोमात्र वागमतीका १४ मन्त्रालयमध्ये ३ वटा कटौती गरिएको थियो ।

वागमतीमा को-को मन्त्री ? (हेर्नुस् सूची)

१. मुख्यमन्त्री : शालिकराम जम्कट्टेल

२. आर्थिक मामिला तथा योजना मन्त्री : जगन्नाथ थपलिया

३. आन्तरिक मामिला तथा कानुन मन्त्री : गङ्गानारायण श्रेष्ठ

४. वन तथा वातावरण मन्त्री : राजु विष्ट

५. पर्यटन, उद्योग तथा सहकारी मन्त्री : डम्बर तामाङ

६. खानेपानी, उर्जा तथा सिंचाई मन्त्री : उद्दव थापा

७. भौतिक पूर्वाधार विकास मन्त्री : युवराज दुलाल

८. कृषि तथा पशुपन्छी विकास मन्त्री : केशव पोख्रेल

९ . श्रम रोजगार तथा यातायात मन्त्री : एकालाल श्रेष्ठ

१०. स्वास्थ्य मन्त्री : रामेश्वर श्रेष्ठ

११. सामाजिक विकास मन्त्री : कुमारी मोक्तान

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...