सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न सर्कुलर जारी



हाम्रो इकोनोमि

 

 

फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीले सर्कुलर जारी गरेको छ । प्रहरी प्रधान कार्यालयले कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर जारी गरेको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले यसअघि पटक पटक कोइरीलाई पक्राउ गर्न निर्देशन दिएपछि प्रहरीले एक्सन लिएको थिएन ।

गृहमन्त्री लामिछानेले लिखित निर्देशन दिँदासमेत प्रहरीले अटेर गर्दै आएको थियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिन कोइरी संसदमै आएको बेलामा पनि पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीको विरोध हुँदै आएको छ ।

२०७७ मंसिर १९ गते एकजना प्रहरीको हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । कोइरीमाथि २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विकलाई लखेटेर हत्या गरेको आरोप छ । कोइरी नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि सभा सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...