म्यानपावरमा संलग्नताको प्रमाण देखाउनुस्, कारबाही गर्छु : गृहमन्त्री लामिछाने



हाम्रो इकोनोमि

 

 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीबाट बनाइएका श्रममन्त्री डोलप्रसाद अर्यालमाथि उठेको प्रश्नबारे मुख खोलेका छन् । उनले आज सभामुखको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारमाध्यममा आएका कुराहरु पुष्टि गर्न चुनौती दिए । मन्त्री अर्याल म्यानपावर कम्पनीेमा संलग्न भएकाले स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी श्रम मन्त्री नियुक्त गरेको आरोप लागेको छ । यस विषयमा लामिछानेले त्यस्तो खालको कुनै कागजपत्र भए देखाउन आग्रह गरे ।

‘उहाँ कुन म्यानपावरमा हुनुहुँदो रहेछ, उहाँ संलग्न भएको कागजपत्र भए भनिदिएको भए मलाई थाहा हुन्थ्यो । उहाँले आफ्नो स्पष्टीकरण दिइसक्नुभएको छ । प्रमाण देखाउन चुनौती दिनुभएको छ । मैले त्यस्तो केही देखेको छैन,’ लामिछानेले भने ।उनले म्यानपावरमा संलग्न रहेको पाइएमा पहिलो कारवाही आफूले गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...