देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका छन् । आज बिहीबार प्रतिनिधि सभामा भएको मतदान प्रक्रियाबाट घिमिरे सभामुख निर्वाचित भएका हुन् । २७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन १३८ मत चाहिनेमा घिमिरेले १६७ मत प्राप्त गरेका छन् ।

सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दल कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गरेका थिए । घिमिरेले १६७ मत प्राप्त गर्दा न्यौपानेले १०० मत प्राप्त गरेकी छन् । आजको मतदान प्रक्रियामा कुल २६८ सांसद उपस्थिति भएकोमा एकजनाले पक्ष विपक्ष कतै मत दिएनन् । नवनिर्वाचित सभामुख  घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।

घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हीतराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवम् राष्ट्रिय स्वजतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने थिए । न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला थिए ।

एमालेका घिमिरेलाई सत्ता साझेदार एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्तवन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत राजनीतिक दल तथा केही स्वतन्त्र सांसदको समर्थन रहेको थियो । विसं २०१३ मा ताप्लेजुङमा जन्मिएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रिय सभा सांसद थिए । उनी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ मा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

उनले विद्यार्थी सङ्गठनबाट राजनीति सुरू गरेका थिए । उनी २०४९ मा एमालेको केन्द्रीय सदस्य बनेका थिए । घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका छन् । उनी अहिले एमालेको स्थायी समिति सदस्य र प्रदेश नं १ को इञ्चार्ज छन् । सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक गत पुस २५ गते बसेको थियो । नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...