कांग्रेसले मुख मिठ्याउनुको अर्थ छैन : गोकर्ण विष्ट



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले सत्ता साझेदार दलहरुबीच यसअघि नै पदहरुको बाँडफाँट भइसकेकाले कांग्रेसले मुख मिठ्याउनुको अर्थ नरहेको टिप्पणी गरेका छन् । प्रेस चौतारी रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले नेता विष्टले कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतका कारण सभामुख, राष्ट्रपतिलगायत भावी निर्वाचनमा कुनै प्रभाव नपर्ने बताए ।

विष्टले भने- सत्तासाझेदर दलहरूबीच भएको सहमतिमा हामी विश्वस्त छौँ,’ त्यसमा तलमाथी हुने सम्भावना म देख्दिनँ । कांग्रेसले विश्वासको मत दिएको भनेर पदमा मुख मिठ्याउनु अर्थ छैन । उसको विश्वासको मतको पनि सरकारको वहुमतका लागि अर्थ छैन । विष्टले गठबन्धनमा सहमति भएबमोजिम नै सबै कुरा हुनुपर्ने बताए । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ,प्रदेश कमिटी सदस्य रत्न गौतम,सचिव पुरुषोत्तम कडरिया लगायतका नेता थिए ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...