असंलग्न परराष्ट्र नीतिलाई प्रभावकारी बनाइनेछ : परराष्ट्रमन्त्री पौडेल



हाम्रो इकोनोमि

 

 

 

नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले मन्त्रालय मातहतको कार्यालयमा जनताको सहज सेवा प्रवाहलाई प्राथमिकता दिइने बताएकी छिन् । सपथ ग्रहण गरेपछि मंगलबार सिंहदरबारमा पदभारग्रहण गर्दै मन्त्री पौडेलले सहज रुपमा सेवा प्रवाहरुलाई प्राथमिकतामा राखेको बताए ।

उनले असंलग्न परराष्ट्र नीतिलाई प्रभावकारी रुपमा अघि बढाउने र अहिले नै यसलाई परिमार्जन गर्नुपर्ने अवस्था नरहेको धारणा राखे । मन्त्री पौडेलले भइरहेको नीतिमा अप्ठेरोमा समस्या भए सुधार गर्न सकिने तर भइरहेको नीतिलाई परिवर्तन गर्न नहुने जिकिर गरिन् ।

नेपालमा रहेको कुटनीतिक निकायसंगको सम्बन्धलाई सुमधर पार्ने, विदेशस्थित दुतावासमा नेपालीहरुको सहज पहुँच लगायतका बिषयमा ध्यान केन्द्रीत गर्ने उनले बताइन् । मन्त्री पौडेलले सीमा विवादका बिषयहरुमा धेरै बुझ्नुपर्ने भएकाले यसबारे हतारमा टिप्पणी गर्न नहुने जिकिर गरिन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...