नवनियुक्त मन्त्रिहरुको यस्तो छ प्रतिबद्धता



 

उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले कार्यभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उनले पदभार सम्हालेका हुन् । उनले पाँच वर्षे रणनीतिक योजना बनाउन पहिलो निर्णयको रुपमा कार्यदलसमेत गठन गरेका छन् ।

उनले भने, ‘ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको कामलाई अगाडि बढाउन विगतको कामलाई अध्ययन गरेर आगामी ५ वर्षमा गर्नुपर्ने कामहरु के के हुन् कसरी अगाडि जानसक्छौं भनेर आवश्यकता र प्राथमिकता निर्धारण गरेर पाँच वर्षे रणनीतिक योजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका छौं ।’ मन्त्रालयकै सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनेको उनले जानकारी दिए । योजनाबद्ध ढंगले काम गर्नसकेमात्रै ठोस परिणाम आउने उनको भनाइ छ ।

नवविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गरेकी छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुआत गरिन् । उनले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता हुने बताए ।

देशभर सञ्चारसेवालाई सर्वसुलभ, पहुँचयोग्य बनाउने र त्यसका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आफू नयाँ क्षेत्रमा आएको भन्दै मन्त्रालय र मातहतका सबै निकायको यथेष्ट जानकारी लिएर यसभित्र रहेका समस्या समाधान गर्ने उनको भनाइ छ । पदभारपछि सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानी गर्दै उनले पार्टीले दिएको जिम्मेवारीलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र त्यसमा सबैको साथ तथा सहयोग जरुरी रहेको बताइन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि चाहिने आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याउने बताएका छन् । शिक्षा मन्त्रालयमा आज पदभार ग्रहणपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री खनालले शिक्षा क्षेत्रमा यसअघि काम गरेको आफ्नो अनुभवसमेतका आधारमा मुलुकको शैक्षिक गुणस्तर सुधारका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने स्पष्ट गरे ।

सङ्घीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै शिक्षामन्त्री खनालले विद्यालयमा शिक्षकको दरबन्दी समायोजनसहित समयमा नै आवश्यक पाठ्यपुस्तक व्यवस्था गर्ने, कोभिडपछिको सिकाइ र भोगाइका आधारमा शिक्षा क्षेत्रको समग्र विकास एवम् गुणस्तर सुधारका पक्षमा आवश्यक नीतिगत व्यवस्था गर्ने धारणा व्यक्त गरे ।सो अवसरमा मन्त्रालयका उच्चपदस्थ कर्मचारीले शिक्षामन्त्री खनाललाई स्वागत गरेका थिए।

नवनियुक्त स्वास्थ्य मन्त्री पदम गिरीले सबै जनतालाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता जाहेर गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त भएलगत्तै पदभार ग्रहण गरेपछि उनले अहिले भएका अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘सबै नागरिकहरुलाई गुणस्तरिय सेवा लिनको लागि स्वास्थ्य विमाको कार्यक्रम प्रभावकारी बन्न सकेको छैन। त्यसमा बिषयमा हामी गम्भिरताका साथ हेछौं।’ उनले सबै जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने सुनिश्चिता गर्ने अठोट गरे।

रक्षामन्त्री हरि उप्रेतीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहाली गरेका छन् । उनलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले हार्दिक स्वागत अभिवादन गरेका थिए ।

नवनियुक्त मन्त्रीलाई स्वागत अभिवादन गर्दै सचिव अर्यालले मन्त्रालयको साथ, सहयोग र समन्वयन हुने विश्वास दिलाए । उनले भने, ‘मन्त्रीज्यूको नेतृत्वदायी भूमिकाले मन्त्रालयका लागि मात्र नभइ समग्र राष्ट्रिय स्वाधिनता, राष्ट्रिय एकता र राष्ट्रको हितका लागि महत्वपूर्ण सावित हुनेछ । राष्ट्रको सम्मुन्नति र राष्ट्रितका पक्षमा अझ बढी योगदान पुग्नेछ ।’

रक्षामन्त्रालयलाई राष्ट्रको समग्रहित, रक्षा, प्रतिरक्षा तथा नेपाली सेनासम्बन्धी कानुन, नीति, तर्जूमा, अनुगमन, निर्देशन, वार्षिक कार्यक्रम र बजेट तर्जूको जिम्मेवारी छ । मन्त्रालयमा चार वटा महाशाखा र ८३ कर्मचारीको दरबन्दी छ ।

प्रतिक्रिया दिनुहोस
एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च

बुबा र भाइ मार्ने मिलनद्वारा प्रहरीमा आत्मसमर्पण

    बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्य पक्राउ