सभामुखको उम्मेदवार देवराज घिमिरेलाई बनाउने एमालेको तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने तयारी गरेको छ । पार्टीका शीर्ष नेताहरुसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले सभामुखको उम्मेदवार देवराजलाई बनाउने आशय व्यक्त गरेको एक पदाधिकारीले बताए । यस पटक एमालेले मन्त्री र सभामुखमा नयाँ तथा अवसर नपाएकालाई मौका दिने नीति अनुसार सभामुखमा पार्टीका सिनियर नेता घिमिरेलाई अघि सार्न लागेको बताइएको छ । प्रतिनिधि सभामा भने घिमिरेको यो पहिलो प्रवेश हो ।

झापा २ बाट निर्वाचित एमाले स्थायी कमिटी सदस्य घिमिरे पार्टीमा भने २०४९ को पाँचौँ महाधिवेशनबाटै केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी यसअघि एक पटक एमालेबाट राष्ट्रियसभा सदस्य थिए । हाल उनी एमालेको प्रदेश १ इन्चार्ज छन् । पार्टीका पुराना नेता घिमिरेले प्रत्यक्ष चुनाव लडेको यो पहिलो पटक थियो । सभामुखमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माको पनि दाबी रहेकोमा अध्यक्ष ओलीले यस पटक घिमिरेलाई मौका दिन खोजेको बुझिएको ती नेताले बताए ।

गठबन्धनमा सभामुख पनि एमाले र माओवादीबीच आलोपालो गर्ने भनिएको छ । सभामुख निर्वाचन माघ ५ गते हुँदैछ ।बुधवार सभामुखको निर्वाचन प्रक्रिया शुरु हुने भएकाले एमालेले आजै साँझसम्म औपचारिक निर्णय गर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...