आज मन्त्रिमण्डल विस्तार हुने, एमालेले ८ मन्त्रालय पाउने



हाम्रो इकोनोमि

 

 

आज मन्त्रिमण्डल विस्तार हुने भएको छ । सोमबार सत्ता गठबन्धनमा सहमति जुटेसँगै आज नयाँ मन्त्रीहरूको शपथ हुने भएको हो । सहमति अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ । त्यस्तै माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो ।

जसपालाई २ वटा मन्त्रालय प्रस्ताव गरिएकोमा स्वीकार गरेको छैन । एमालेले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका मन्त्रालय पाउने सहमति भएको हो । यस्तै माओवादीले भौीतक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला मन्त्रालय पाउने सहमति एको छ । राप्रपाले ऊर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रलाय, रास्वपाले गृह, शिक्षा र श्रम मन्त्रालय पाएको छ । त्यस्तै जनमत पार्टीले यद्योग वााणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ ।

दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । त्यसअघि नै जसपा र नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा सहभागी गराउन छलफल चलिरहेको छ । यदि यी दुई पार्टी सरकारमा आउन राजी भएमा भागबण्डामा केही तलमाथि हुने बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...