पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा



हाम्रो इकोनोमि

 

 

सरकारले भोलि यती एयरको विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुर्घटनाका कारण पहिचान विश्लेषण गर्न दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय भएको जानकारी पनि दिए । सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विदा दिइने निर्णय भएको उनले बताए ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा कुल ७२ जनासहित दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनापछि आकस्मि बसेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको साथै दुर्घटनाको कारण पत्ता लगाउन जाँच आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पनि रहेका मन्त्री पौडेलले बताए । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । हाल उद्दारका कार्य जारी रहेको छ भने करिब ३६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...