एमालेको असाध्यै माया छ : झलनाथ खनाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओली राजावादीहरुसँग साँठगाँठ गर्न पुगेको आरोप लगाएका छन् । नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै उनले ओली दक्षिणपन्थी भाषमा भाषिएपछि आफूहरुले विद्रोह गरेको बताए । उनले भने, ‘अहिले उहाँ (ओली) राजावादीहरुसँग अंकमाल गर्न पुग्नुभएको छ । दुईतिहाइको बहुमतलाई छाडेर सामान्य बहुमत ल्याउन पनि नसक्ने । देशको ठूलो पार्टी पनि हुन नसक्ने र पुनरुत्थानवादीहरुसँग अंगालो हालेरमात्रै सत्ता प्राप्त गर्ने अवस्थामा पुग्नुभएको छ । यो उहाँको जीवन र देशको लागि केही समयका लागि दुर्भाग्य हो ।’

नेता खनालले आफूहरुले आम जनताको साथ लिएर शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने उद्घोष गरे । घनश्याम भुसाल आफ्नो पार्टीमा प्रवेश गरेपछि देशभरका युवाहरुमा आशाको तरङ्ग पैदा भएको उनको भनाइ छ । उनले भने, ‘नेकपा एमाले हामीले नै बनाएका हौं । त्यसको असाध्यै धेरै माया पनि छ । हामीले हाम्रो जिन्दगीको हराभरा समय त्यही बिताएका हौं । त्यो पार्टीका हजारौं कार्यकर्ता कम्युनिष्ट एकताको पक्षमा हुनुहुन्छ । तर, कतिपय कार्यकर्तामा दक्षिणपन्थी अवसरवादको तुँवालो छ ।’ नेता भुसालले जस्तो एकताबद्ध भएर नेकपा एसमा आएर कम्युनिष्ट आन्दोलन र राष्ट्रियता जोगाउन लागिपर्न नेता खनालले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...