कसैलाई दम्भ गर्ने छुट छैन : प्रधानमन्त्री प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु अहिले जनताको अग्निपरिक्षामा रहेको बताएका छन् । नेपाल हस्तकला महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले यो पटक राम्रो काम गरेर देखाउने, भाषणा कम गर्ने पक्षमा रहेको बताए।

उनले भने, ‘म राम्रा काममात्रै गर्ने, नराम्रो काम गर्दा पनि नगर्ने । गर्न पनि नदिने यो अठोटका साथ तेस्रो पटक प्रधानमन्त्री भएको छ । मैले यसलाई ठुलो अग्निपरिक्षाको रुपमा लिएको छु । धेरै ठुलो संघर्ष र बलिदानबाट संविधानसभा बन्यो । समावेश समानुपातिक मान्यताको संघीय लोकतान्त्रिक गणतन्त्र, घोषणा भयो ।’ संविधान घोषणा भएपछि जनताको आर्थिक जीवनमा अपेक्षित सुधार नभएकोप्रति जनताको मनमा प्रश्न उब्जिएको बताए।

उनले भने, ‘अहिले प्रतिनिधि सभामा जस्तो बनोट देखिन्छ । एकातिर जनताहरुमा पार्टी र नेतृत्वप्रति निराशा पनि झल्किन्छ। अर्कोतिर जनताले एकपटक मौका दिनुपर्छ भनेर ठुलो विवेक प्रयोग गरेको पनि देखिन्छ । कसैलाईै निषेध र कसैलाई दम्भ गर्ने छुट दिएको छैन । काम गर्ने चेतावनीसहितको अवसर दिएकाले मैले यो कुरालाई नेता र पार्टीहरुलाई जनताले राम्रै अग्निपरिक्षामा राखेका छन्। यहाँ पास हुनैपर्छ ।’

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...