उपप्रधानसहित ४ मन्त्रालयमा लिङ्देनको दाबी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरूका बैठकमा राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालयमा दाबी राख्दै आएको छ । एक÷दुई दिनभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दैहुनुहुनछ ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ।राप्रपाका एक पदाधिकारीले दिएको जानकारी अनुसार अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री हुने सम्भावना बलियो छ ।‘उपप्रधानसहित रोजेको मन्त्रालय दिन सत्ता साझेदार दल सहमत छन्, अध्यक्षज्यूले ऊर्जामन्त्रीमा चासो देखाउनुभएको छ,’ एक पदाधिकारी भन्नुभयो , ‘हामीले ४ मन्त्रालय दाबी गरेका छौं ।’ प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन् । प्रदेशहरूमा पनि राप्रपाका सांसद छन् । सत्ता साझेदार अन्य दल भने राप्रपालाई ३ मन्त्रालय दिन तयार देखिन्छन्।

‘हामीले बागमतीको मुख्यमन्त्री छाडिएको हो, त्यसकारण केन्द्रमा उपप्रधानसहित ४ मन्त्रालय पाउनुपर्छ,’ ती पदाधिकारीले भन्नुभयो । राप्रपाले बागमतीको सभामुख पाउने सत्ता साझेदार दलभित्र सहमति छ । त्यसका लागि राप्रपाले उम्मेदवारीसमेत दिइसकेको छ । बिहीबार बैठक गर्ने भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन गएकोले बैठक सर्‍यो,’ ती नेता भन्छन्, ‘सत्ता साझेदार दल बैठक गरी कुन पार्टीले कति र कुन मन्त्रालय पाउने भन्ने टुंगो लगाएपछि मात्रै पार्टीले ककसलाई मन्त्रीमा पठाउने निर्णय गर्छ ।’

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...