आदेश होइन कानुनको पालना गर्नाेस : गृहमन्त्री



हाम्रो इकोनोमि

 

 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन, कानुनको पालना गर्न निर्देशन दिनुभएको छ ।भरतपुर विमानस्थलको पार्किङस्थलमा आज  पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुहरुलाई उच्च मनोबलका साथ काम गर्न र आदेशको नभई कानूनको पालना गर्न निर्देशन दिएको बताउनु भयो । ‘सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु । कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु,’ गृहमन्त्री लामिछानेले भन्नुभयो । उहाँले जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्नुहोस् भनि सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

गृहमन्त्री लामिछानेले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्न समेत निर्देशन दिएको बताउनु भयो । ‘अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पुर्याउने वा मेरो मान्छे छोडिदेउ भन्ने जस्ता कुरा नसुन्नुहोस,’ गृहमन्त्रीको भनाई छ । उहाँले आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन बढी निर्मम भएर काम गर्न निर्देशन दिएको बताउनु भयो । नेपाल प्रहरीलाई बलियो बनाउन र प्रहरी संगठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्न आफूले काम गरिरहेको जानकारी पनि गृहमन्त्रीले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...