सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफ हुने



हाम्रो इकोनोमि

 

 

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बिहीबार बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुंगो लगाउने बताइएको छ ।

बुधबार साँझ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल गरेका थिए ।  ओलीसँग भेटवार्ता गर्न प्रधानमन्त्री प्रचण्ड उनकै निवास बालकोट पुगेका थिए । एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने सात दलको १ सय ६९ जना सांसदको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिएका थिए । १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...