३०१ औं पृथ्वी जयन्तीमा राप्रपाको चियापान



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । ३०१ औं पृथ्वीको अवसरमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताहरुको पनि उपस्थित रेहेको छ । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत अन्य पार्टीका नेताहरुको उपस्थिति रहेको छ । चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका थिए । थापालाई अध्यक्ष राजेन्द्र लिङदेनले अंकमाल गर्दै स्वागत गरे । थापा उनै व्यक्ति हुन् जसले राप्रपाको अध्यक्षमा लिङदेनसँग पराजित भएपछि राप्रपा नेपाललाई ब्युताएका थिए ।

सरकारमा सहभागी हुनका लागि राप्रपाले एकीकरणका पिताका रुपमा चिनिएका बडामहाराजाधिराज पृथ्वीनारायण साह जयन्तीमा बिदा दिनुपर्ने माग अघि सारेकाे थियो । त्यही मागका आधारमा मन्त्रिपरिषदको पुस २५ गते बसेको बैठकले बिदा दिने निर्णय गरेको थियो । यसअघि २०७४ सालमा बिदा दिइँदै आएकोमा बिदा कटौती गर्ने क्रममा पृथ्वी जयन्तीलाई पनि कटौती गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...