मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त



हाम्रो इकोनोमि

 

 

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवले आजै बिहान मात्रै मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए ।

यादवलाई ६३ सांसदको समर्थन रहेको छ । उनलाई नेकपा (एमाले) का २३, जसपाका १६, जनमत पार्टीका १३, नेकपा (माओवादी केन्द्र) का सात, राप्रपाका एक, नागरिक उन्मुक्ति पार्टीका एक, स्वतन्त्र सांसदद्वय सुरिता साह र अनुरुध सिंहले समर्थन जनाएका हुन् । मधेश प्रदेश सभामा १०७ जना सांसदहरू छन्। सरकार गठनका लागि कम्तीमा ५४ जना सांसदको समर्थन चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...