पृथ्वी जयन्तीको अवसरमा प्रधानमन्त्री प्रचण्ड गोरखा लागे



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा लागेका छन् । गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा गएका हुन् । पृथ्वी जयन्तीको अवसरमा गोरखा उद्योग वाणिज्य संघले आयोजना  गरेको महोत्सवको उद्घाटन गर्न प्रचण्ड गोरखा गएका हुन् । प्रचण्डसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सांसद राजेन्द्र बजगाईंपनि गोरखा गएका छन् ।

प्रधानमन्त्री प्रचण्ड ११ औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा लागेका हुन्। उनले प्रतिनिधिसभामा मङ्गलवार मात्रै विश्वासको मत लिएका थिए । आज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती पनि हो । प्रधानमन्त्री प्रचण्डले गोरखामा पृथ्वीजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...