सरकारले विश्वासको मत पाउँछ : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसंगठन सुदृढीकरण कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार नेकपा एमालेले बनाएको सरकार भएको बताएका हुन् ।

‘२६ गते विश्वासको मत ढाल्न खोज्नेहरु । यो सरकारले विश्वासको मत पाउँछ । यो एमालेले बनाएको सरकार हो,’ अध्यक्ष ओलीले भने । अहिलेको परिवर्तित सन्दर्भमा नेपालीले बनाएको सरकार भएको भन्दै अध्यक्ष ओलीले अरुले बनाइदिएको सरकार मान्नुपर्ने अवस्था अब नरहेको बताएका हुन् । पार्टीले चुनाव जित्न नपाउने, कसैले बहुमत ल्याउन नपाउने खेल एमालेले निस्तेज पारेर सही दिशामा ल्याउन सफल भएको अध्यक्ष ओलीले बताए।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...