पत्रकारसँग किन डेट गर्नु हुँदैन ?



 

पत्रकारितालाई समाजमा आकर्षित र सम्मानित पेसाकाे रूपमा लिइन्छ। पत्रकार शब्द नै मानिसलाई सचेत र सजग बनाऊन नै काफी छ। चाहे राजनीतिज्ञ होस् या कर्मचारी तथा व्यापारी उनीहरु सधै पत्रकारको अनुसान्धानको घेराको दायरमा हुन्छन्। उनीहरूलाई पत्रकारले खबरदारी गरिरहेका हुन्छन्।

पत्रकार भन्ने बित्तिकै दिमागमा आउने पहिलो छवि, ऊ एक जिज्ञासु, दृढ र साहसी प्राणी हो। जसले तथ्यहरू नभेटेसम्म आराम गर्दैन। खैर, त्यो छवि प्रायः सही छ, हामी जिज्ञासु प्राणीहरू हौं, जो कथाको हरेक पक्ष थाहा नभएसम्म आराम गर्न सक्दैनौं। र, ठ्याक्कै यही कारणले गर्दा तपाईंले पत्रकारलाई डेट गर्नुअघि गम्भीर भएर पटक–पटक सोच्नुपर्छ।

पत्रकार प्राय: जिज्ञासु हुन्छन। धेरै कुराको ख्याल राख्छन/नियाल्छन्। इमान्दारपूर्वक भन्दा उनीहरूकाे आँखा सधैं सतर्क हुनु स्वभाविक हाे।

कति कारणले पत्रकारहरू राम्रो साथी बन्न सक्छन। तर, सोच्न पर्ने कारण धेरै छन्, किनकी तिनीहरू तपाईंको निरपेक्ष दुःख पनि हुन सक्छ। उनीहरुसँग साथी बन्नुअघि धेरै सोच, विचार र सचेतना अपनाऊनपर्ने अध्ययनले देखाएको छ। धेरै कारणहरुमध्ये केही कारण तल प्रस्तुत छ:

सामाजिक प्राणी: पत्रकारहरूले कथाकाे गन्ध पाउन साथ जाे काेहीसँग पनि नजिक भएर कुरा गर्छन्। त्यसैले डेट नाइट कहिल्यै बोरिङ सिट(डाउन डिनर) हुन सक्दैन। पत्रकारसँग पार्टनर हुनुअघि अप्रत्याशित मार्गहरू र जुनसुकै साहसिक कार्यहरूको लागि तयार हुनपर्छ।

कहिल्यै जित्न सकिँदैन: पत्रकारहरू जहाँ हुँदा पनि हरसमय धेरै कुराहरू जान्ने प्रयत्न गरिरहेका हुन्छन्। तिमीले ऊ भन्दा बढी कहिल्यै थाहा पाउँदैनाैँ। र, यदि तपाईं आफ्नो तथ्य जाँच नगरी उनीहरूसँग वहस गर्न थाल्नु भयाे भने जित्न सक्नुहुन्न।

हार मान्दैनन्: कतै झुटकाे गन्ध आइरहेको छ भने उसले फोन कलकाे डेटेल (विवरण) र समाजिक सञ्जाल जाँच गर्न सक्छ। कुराकानी सुन्न र तपाईंको ल्यापटप पनि छान मार्न सक्छ। जब यो सत्य पत्ता लाग्छ उसले कुनै कसर छोड्ने छैन।

तपाईंकाे समाचार बन्न सक्छ: अघिल्लो बिहानको झगडा वा तपाईंको कष्टपूर्ण बानीले सजिलै उनीहरूकाे कथाहरूमा आफ्नो बाटो फेला पार्न सक्छ। त्यसैले होसियार हुनुपर्छ। थाहै हुँदैन कहिले कुन दिन तपाईंको कथा पत्रिका वा अनलाइनमा आउने हाे।

व्याकरण सुधार गर्न कहिल्यै छोड्ने छैन: तपाईंले उसलाई द्रुत पाठ टाइप गर्दा शब्दहरूबाट टाढा रहनुहोस्। तपाईंंको खराब व्याकरण त्रृटी तुरुन्त पत्ता लगाउँछ।

प्रमाण जुटाउनमा माहिर: यदि तपाईंंकाे केही तलमाथि गर्ने बानी छ भने होसियार। पत्रकारले अनुमान मात्र गर्दैनन् प्रमाण ‘बटुल्छ’ र त्यसपछि तपाईं सामना गर्नपर्नेछ। केही गल्ति या अपराधलाई ऊ बाट लुकाउन गाह्राे हुनेछ।

झुट पहिचान गर्न माहिर: पत्रकारले तथ्यहरू पत्ता लगाउने काम दिनको आठ घण्टा या कहिलेकाहीँ बढी पनि काम गर्छ। तपाईंलाई कहाँ गएको र के गर्दै थियो भनेर सोध्दा इमान्दार नभए पक्राउ खानुपर्छ।

उनीहरू वास्तविकता सम्झिन्छन्: पत्रकारलाई पछिल्लो मिति वा घटना सबै कुरा सम्झना हुन्छ। किनकि उसलाई त्यसैको लागि तलब भुक्तान गरिएको हुन्छ। त्यसैले उनको वैकल्पिक क्यारियर एक जासुस पनि हो। उसँग झगडा गर्नुअघि १० पटक सोच्नपर्दछ।

जाेखिम माेल्ने आँट हुन्छ: उनीहरू साहसिक कार्यलाई माया गर्छन् र लामो समयसम्म कथाको पर्दाफास नगरी विश्राम लिँदैनन्। पत्रकारको पेसा जोखिपूर्ण हुन्छ, कहिले के हुन्छ भन्ने कुरामा सदैव सजग रहनुपर्छ।

सबैभन्दा पहिला रिपोर्टर हाे: पत्रकार सबै भन्दा पहिला रिपाेर्टर हाे। त्यसैले उनको बाटोबाट टाढा रहनु र उनलाई परिवर्तन गर्न  प्रयास नगरेकै राम्रो हुन्छ, किनकी काममा उनको दिन कहिल्यै समाप्त हुँदैन।

सामाजिक सञ्जालकाे लत: उनीहरु मध्यरातमा पनि फेसबुक, ट्विटर र इन्स्टाग्रामलगायत समाजिक सञ्जालमा लगातार रहन चाहान्छन्। जुन उनीहरूकाे काममध्ये एउटा अंश हाे। यदि एसईओ, बूस्ट पोस्ट, अर्गानिक पहुँच र रिट्विटहरू जस्ता सर्तहरू बुझेको छैन भने टाढा रहनु नै उत्तम हुन्छ।

समय र आर्थिक अभावः कामको प्रकृतिले पत्रकार सधै व्यस्त मान्छे हाे। कहिले कुन समाचार ब्रेक गर्नपर्छ थाहा हुँदैन। त्यसैले उनीहरूसँग पार्टनरसँग बिताउने पर्यापप्त समय नहुन सक्छ। कामको चाप भए पनि अधिकांश सञ्चार गृहले पत्रकारलाई उचित परिश्रामिक र समयमा तलव भुक्तान नगरेको कुराहर सुनिन्छ। त्यसैले उनलाई सधैंं आर्थिक अभाव झेल्न पर्दछ।

सेक्सभन्दा ठूलो समयसीमा: उसलाई कामको डेडलाईन निकै महत्वपूर्ण हुन्छ। यो समिकरण कहिल्यै परिवर्तन हुँदैन। कामप्रति उनीहरूकाे लगाव, समयसीमा र समाचार उनीहरूकाे लागि जहिले अगाडि हुन्छ। उनलाई सेक्सको लागि समय पर्याप्त नहुन सक्छ।

  breaknlinks.com बाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्