यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय



हाम्रो इकोनोमि

 

 

सरकारले कम्बोडियामा ज्यान गुमाएका झापाका नीराकार पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । कम्बोडियामा आफू बसेको क्यासिनोमा आगो लागेपछि १२ औं तलाबाट हाम फाल्दा पाण्डेको ज्यान गएको थियो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पौडेलले यस्तो निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रिपरिषद बैठकले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनावका बेला ज्यान गुमाएका बाजुराका सन्दीप ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । सन्दीप र चेतनका परिवारलाई आर्थिक सहायतास्वरुप जनही १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

पौडेलका अनुसार बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति दिने निर्णय गरेको छ । आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनिश्चिताका लागि विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने निर्णय भएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

यस्तै राष्ट्रिय सभा सदस्य उपचुनाव माघ २५ गते गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उहाँले जानकारी दिनुभयो । अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसा घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

 

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

– कम्बोडियामा ज्यान गुमाएका झापाका नीराकार पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने ।

– प्रतिनिधि सभा र प्रदेश सभा चुनावका बेला ज्यान गुमाएका बाजुराका सन्दीप ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायतास्वरुप जनही १० लाख रुपैयाँ प्रदान गर्ने ।

– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति दिने ।

– राष्ट्रिय सभा सदस्य उपचुनाव माघ २५ गते गर्ने ।

– अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसा घिमिरेलाई जिम्मेवारी दिने ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...