सहकारी बैकको निर्वाचनमा सहमति तोडेको नेपाली काँग्रेसको आपत्ती



हाम्रो इकोनोमि

 

 

नेपाली काग्रेसको वित्तिय तथा सहकारी संस्था समन्वय विभागले सहकारी बैंक लिमिटेडको निर्वाचनमा सहमति तोडेको आरोप लगाएको छ । विभागले शुक्रबार विज्ञप्ति जारी गरी बैंकको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट सहमतिको आधारमा निर्वाचनमा पठाइएको दुई आधिकारीक उम्मेदवारलाई षड्यन्त्रमुलक रुपमा हराएको आरोप लगाएको छ ।
विभागका संयोजक आनन्दप्रसाद ढुंगानाद्धारा जारी विज्ञप्तिमा बैंकमा रहेको चरम एकाधिकारको पर्दाफास हुने डरबाट सहकारी बैंकका देशभर संचालित शाखा कार्यालय र व्यवस्थापन पक्षसंग सम्बन्धित विभिन्न व्यक्तिहरु प्रयोग गरी आधिकारिक उम्मेदवार मध्य माधव दुलाल र गणेश बहादुर चन्दलाई रातारात हराउन पराजित गराई सहमति तोडि बैंकलाई आफ्नो पक्षमा गराउने र एकलौटी रुपमा बैक संचालन गर्ने गरी निर्वाचन सम्पन्न गरी सहमति तोडेकोमा नेपाली काँग्रेसको घोर आपती  रहेको जनाएको छ ।

समन्वय विभाग निकट राष्ट्रिय सहकारी बैंक लिमिटेडको पुस  १६ गते सम्पन्न १९ औ वार्षिक साधारण सभाबाट नयाँ संचालक समिति र लेखा तथा सुपरिक्षण समितिको निर्वाचनको लागि नेपाली काँगे्रस, नेकपा (एमाले), माओदावी केन्द्र, नेकपा समाजवादी बिच समझदारी गरी निर्वाचन गर्ने सहमति भएको थियो ।

सहकारी विभाग प्रमुख बीच पटक पटक छलफलबाट हालको वित्तिय एवं सहकारी क्षेत्रमा देखिएको असहज तथा चुनौतिपूर्ण परिस्थितलाई समाधान गर्न संयुक्त प्यानल तयार गरी संचालक समिति र लेखा तथा सुपरिवेक्ष समितिको गठन गर्ने निर्णय  भएको थियो । सो निर्णयको वर्खिलाफमा तीन दल मिलेर नेपाली काग्रेसको तर्फबाट केन्द्रीय सदस्य पदका उम्मेदवार दुलाल र लेखा तथा सुपरिवेक्षण समितिका सदस्य चन्दलाई हराएकोमा आपत्ती जनाएको छ ।
नेपाली काँग्रेसको  तर्फबाट संचालक समिति सदस्यमा दुलाल, माधवलाल देवकोटा, तारा गुरुङ्ग र शिवा थापालाई तोकिएको थियो । सो पार्टीले  लेखा तथा सुपरिवेक्षण समितिमा गणेश बहादुर चन्दलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो । तीनदलले षडयन्त्रपुर्वक ढंगले दुईजना उम्मेदवारलाई हराएको विभागको आरोप छ ।

हराएका दुई उम्मेदवारले बैंकभित्र रहेको चरम राजनीति, वेथिति, अनियमितता र एकाधिकार प्रवृत्तिको विषयमा पार्टी र विभागलाई  पटक पटक जानकारी गराईरहेका थिए । ‘यस पटक बैंकको निर्वाचनमा भएको षडयन्त्रबाट हामीलाई त्यहाँ रहेको एकाधिकारपन,एकलौटी व्यवस्थापन, चरम राजनीतिको हस्तक्षेप एवं अनिमितता रहेको विषय प्रमाणित भएको छ’–विभागका संयोजक ढुंगानाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ  ।

सहकारी बैंकको हालको व्यवस्थापन पक्षको सुक्ष्म अध्ययन गर्दा  बैंकमा भएको एकलौटीपन, चरम राजनीति तथा वेथितिले सहकारी बैंकको व्यवसायीकतामा हस आउने निश्चित प्रायः छ । अतः देशभर संचालित सहकारी संघ संस्थाहरुले सो बैंकसँग कारोबार गर्दा अत्यन्त चनाखो र शतर्क रहनुहुन हार्दिक अपिल गर्दछु– विभाग प्रमुख ढुंगानाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...