तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम



हाम्रो इकोनोमि

 

 

 

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठन गरिएको कार्यदलले भोलि शुक्रबार शिर्ष तहलाई प्रतिवेदन बुझाउने भएको छ । शुक्रबार बिहान ११ बजे कार्यदलको बैठक बसेर न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने र शीर्ष तहमा प्रतिवेदन बुझाइने कार्यदल संयोजक समेत रहेका उपप्रधान एवम् अर्थतन्त्री विष्णु पौडेलले जानकारी दिए ।

उनले सरकारमा सहभागी दलहरुको सुझाव लिदै मस्यौदा तयार पारिएको र शुक्रबार अन्तिम रुप दिने बताए । कार्यदलका सदस्य एवम् माओवादी नेता बर्षमान पुन अस्वस्थ भएका कारण बिहीबार बैठक बस्न नसकेको उनले बताएका छन् ।

पु्स १४ गते गठित कार्यदलमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको सहभागिता रहेको छ । संसदमा विश्वासको मत लिएलगत्तै न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को तयारी छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...