माधव नेपालको समाजवादी पार्टीमा नयाँ लफडा



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नै दलका बरिष्ठ नेता मुकुन्द न्यौपाने र सचिव रामकुमारी झाँक्रीबिरुद्ध आक्रोशित बन्नुभएको छ । दुई नेताले आफ्नो बिरोध र केपी ओलीको पक्षमा बोलेको भन्दै पोलिटब्यूरो बैठकमा नेपालले आक्रोश पोख्नुभएको हो ।  बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेताहरूलाई आफूलाई लागेको कुरा सार्वजनिक रुपमा नबोल्न निर्देशन समेत दिनुभएको छ ।

‘आफूलाई लागेको कुरा मिडियामा प्रचार गरेर पार्टी बन्दैन,’ नेपालको भनाई छ । केही समयअघि सचिव झाँक्रीले केपी ओली जस्तो नेता माधव नेपाल नरहेको बताउनु भएको थियो ।

‘अनुशासन तोड्ने अनि हाम्रै स्वर ठूलो हुने ? पार्टीको विरोध बाहिर गर्ने अनि हाम्रै स्वर ठूलो हुने ? आफ्नो नेताहरूको बद्ख्वाइँ गरेर अरु नेताको प्रशांसा गर्ने अनि आफ्नै स्वर ठूलो हुने ? यो तरिका बन्द गरौं । हामी नयाँ क्रान्तिकारी पार्टी बनाउन लाग्नुपर्छ,’ बैठकमा नेपालको भनाई थियो । नेपालले सबै कुरा पार्टी बैठकमा मात्रै छलफल गर्न पनि निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...