माधव नेपालको समाजवादी पार्टीमा नयाँ लफडा



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नै दलका बरिष्ठ नेता मुकुन्द न्यौपाने र सचिव रामकुमारी झाँक्रीबिरुद्ध आक्रोशित बन्नुभएको छ । दुई नेताले आफ्नो बिरोध र केपी ओलीको पक्षमा बोलेको भन्दै पोलिटब्यूरो बैठकमा नेपालले आक्रोश पोख्नुभएको हो ।  बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेताहरूलाई आफूलाई लागेको कुरा सार्वजनिक रुपमा नबोल्न निर्देशन समेत दिनुभएको छ ।

‘आफूलाई लागेको कुरा मिडियामा प्रचार गरेर पार्टी बन्दैन,’ नेपालको भनाई छ । केही समयअघि सचिव झाँक्रीले केपी ओली जस्तो नेता माधव नेपाल नरहेको बताउनु भएको थियो ।

‘अनुशासन तोड्ने अनि हाम्रै स्वर ठूलो हुने ? पार्टीको विरोध बाहिर गर्ने अनि हाम्रै स्वर ठूलो हुने ? आफ्नो नेताहरूको बद्ख्वाइँ गरेर अरु नेताको प्रशांसा गर्ने अनि आफ्नै स्वर ठूलो हुने ? यो तरिका बन्द गरौं । हामी नयाँ क्रान्तिकारी पार्टी बनाउन लाग्नुपर्छ,’ बैठकमा नेपालको भनाई थियो । नेपालले सबै कुरा पार्टी बैठकमा मात्रै छलफल गर्न पनि निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...