रौतहटका स्वतन्त्र सांसद साह एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

रौतहट २ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गर्नुभएको छ । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गराउनुभएको हो । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई खाँदा ओढाएर टीका लगाई विधिवत् रूपमा पार्टी प्रवेश गराउनुभएको थियो । उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सत गठबन्धनका उम्मेदवार तथा पुर्व मन्त्री हाल नख्खु कारागारमा रहेका महमद आफताभ आलमका छोरा फोर्दोस आलमलाई झन्डै ७ हजार मतको अन्तरले पराजित गरी विजयी हुनुभएको थियो । २०७७ सालमा जसपा परित्याग गर्नुभएका एमालेमा प्रवेश गरेका उहाँ गत निर्वाचनमा क्षेत्र २ मा एमाले जसपा गठबन्धनबाट जसपाका उम्मेदवार शैलेन्द्र साहले प्रतिनिधिसभा सदस्यको टिकट पाएपछि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

किरण साहलाई जिताउन प्रभु नेतृत्वको स्वतन्त्र जिताऊ अभियानमा भूमिका खेलेको भन्दै हालै गठन भएको आम जनता पार्टीमा किरण साहलाई विभागीय प्रमुखको जिम्मेवारी दिएको थियो । तर स्वतन्त्र जिताऊ अभियान एक जना लाई जिताउन मात्र सक्रिय रहेको तथा आफूलाई क्षेत्र २ का जनताले मत दिएर जिताएको भन्दै आम जनता पार्टीको जिम्मेवारी लिन सांसद साहले अस्वीकार गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...