कर्मचारी तत्काल हेरफेर नगर्ने अर्थमन्त्रीको संकेत



हाम्रो इकोनोमि

 

 

अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आएपछि कर्मचारीलाई सबैभन्दा बढी चिन्ताको विषय थियो अब फेरि कता सरुवा हुनुपर्ने हो भनेर । तर, अर्थमन्त्रीले कर्मचारीलाई राखेर दिएको पहिलो निर्देशनमै आफूले कर्मचारीको कुनै वाद नहेर्ने र काम हेरेर मात्र निर्णय लिने आश्वासन दिएको मन्त्रालयका एक सहसचिवले बताएका छन् ।

ती सहसचिवले भने, ‘मन्त्रीले तत्काल कुनै निर्णय नलिने तर कामको अवस्था हेरेर निर्णय गर्छु भन्नु भएको छ । यसो हुँदा केही समय कर्मचारीको काम हेर्लान् । अहिले नै कुनै कर्मचारीको सरुवा हुने देखिएको छैन ।’

समान्यतया मन्त्रालयमा मन्त्री फेरीएसँगै कर्मचारीको व्यापक हेरफेर हुदै आएको छ । विशेष गरी मन्त्रीले आफूलाई सहज हुने सचिव तथा सहसचिव ल्याउने र भइरहेकालाई अन्त पठाउने नेपालको अभ्यास पुरानै हो । अहिले अर्थमन्त्रीले विभिन्न भेट तथा समस्या सुनुवाइमा आफ्नो अधिकांश समय दिइरहेका छन् । यता पाँच दिनभित्र सार्वजनिक गर्नुपर्ने सरकारको न्युनतम साझा कार्यक्रमको लेखनमा संयोजकको भूमिकासमेत निभाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
भारतीय प्रधानसेनापति नेपाल आउँदै

    भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् ।...

मुख्यमन्त्री फेर्ने मेरो निजी चाहना होइन : शेरधन राई

    नेकपा (एमाले) का सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

ग्वार्कोमा बस दुर्घटना, एकजनाको मृत्यु, १९ जना घाइते (नामावलीसहित)

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना...