कर्मचारी तत्काल हेरफेर नगर्ने अर्थमन्त्रीको संकेत



हाम्रो इकोनोमि

 

 

अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आएपछि कर्मचारीलाई सबैभन्दा बढी चिन्ताको विषय थियो अब फेरि कता सरुवा हुनुपर्ने हो भनेर । तर, अर्थमन्त्रीले कर्मचारीलाई राखेर दिएको पहिलो निर्देशनमै आफूले कर्मचारीको कुनै वाद नहेर्ने र काम हेरेर मात्र निर्णय लिने आश्वासन दिएको मन्त्रालयका एक सहसचिवले बताएका छन् ।

ती सहसचिवले भने, ‘मन्त्रीले तत्काल कुनै निर्णय नलिने तर कामको अवस्था हेरेर निर्णय गर्छु भन्नु भएको छ । यसो हुँदा केही समय कर्मचारीको काम हेर्लान् । अहिले नै कुनै कर्मचारीको सरुवा हुने देखिएको छैन ।’

समान्यतया मन्त्रालयमा मन्त्री फेरीएसँगै कर्मचारीको व्यापक हेरफेर हुदै आएको छ । विशेष गरी मन्त्रीले आफूलाई सहज हुने सचिव तथा सहसचिव ल्याउने र भइरहेकालाई अन्त पठाउने नेपालको अभ्यास पुरानै हो । अहिले अर्थमन्त्रीले विभिन्न भेट तथा समस्या सुनुवाइमा आफ्नो अधिकांश समय दिइरहेका छन् । यता पाँच दिनभित्र सार्वजनिक गर्नुपर्ने सरकारको न्युनतम साझा कार्यक्रमको लेखनमा संयोजकको भूमिकासमेत निभाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...