एकता दिवस मनाउने पक्षमा रास्वपा



हाम्रो इकोनोमि

 

 

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने पक्षमा उभिने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्त्वका साथ उठाइरहेको एजेन्डामा रास्वपाले समर्थन गरेको हो ।

रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको योगदानको सम्मान र जनभावनाको कदर गर्दै राष्ट्रिय एकता दिवस मनाउनुपर्ने पक्षमा पार्टी रहेको बताए । ‘हामी पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाएर सार्वजनिक बिदा दिनु राम्रो हुन्छ भन्नेमा छौं,’ उनले भने । सत्तारुढ दलहरूको बैठकमा आफूहरूले यही कोणबाट कुरा राखेको डा. ढकालले जानकारी दिए । तर, यही विषयमा ‘रिजिड’ भएर अडान चाहिँ नलिने उनको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदा दिनुपर्ने कुरालाई पार्टी सरकारमा जान मुख्य शर्तका रूपमा अघि सारेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन यो विषयमा सहमति नभए सरकारमा जान थप कुरै अघि नबढ्ने बताउँछन् । तर, प्रधानमन्त्री प्रचण्डले भने अहिलेसम्म मौनता साँधिरहेका छन् ।

केही दिनअघि सत्तारुढ दलहरूको एउटा बैठकमा एकता दिवसलाई लिएर छलफल भएको थियो । स्रोतका अनुसार उक्त छलफलमा उपप्रधानमन्त्री तथा रास्वपा अध्यक्ष रवि लामिछानेले पुस २७ गते सार्वजनिक बिदा दिँदा जनतामा राम्रो सन्देश जाने सुझाव दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले ‘एस’ वा ‘नो’ मा जवाफ दिएनन् । उनले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उनीप्रति आफूहरू पनि सकारात्मक नै रहेको बताए । यद्यपि, सार्वजनिक बिदाको प्रसंगमा केही बोलेनन् ।

सत्ता साझेदार प्रमुख दल नेकपा एमालेले पनि एकता दिवसका विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तर, एमालेको वैचारिक रुझान पृथ्वीनारायण शाहको योगदानलाई यथोचित सम्मान गर्नुपर्छ भन्ने छ । सार्वजनिक बिदा दिने वा नदिने विषयमा एमालेले लिने अडान निर्णायक बन्न सक्ने स्रोत बताउँछ । एमाले नेताहरूले पनि यस विषयमा अहिल्यै बोल्न चाहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...