अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा जाने भएका छन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा जान लागेका हुन् । प्रधानमन्त्री बिहान ११ : ०० बजे पोखरा पुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि पोखरा पुग्ने कार्यक्रम छ । प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्र पत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नेछन् ।

 

यस्ता छन् कार्यक्रम

विमानस्थल सञ्चालनमा आउने पहिलो दिन आज काठमाडौंबाट यात्रुसहित उडेको पहिलो विमान ७ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

पहिलो विमानबाट आएका यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिने उनले जानकारी दिए । विमानस्थल शुभारम्भकै अवसरमा बिहान १०ः०० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट विमानस्थलसम्म र्‍याली आयोजना गरिएको छ । र्‍यालीका सहभागी अमरसिंहचोकबाट विमानस्थलसम्म पुगेर ११ः०० बजे हुने उद्घाटन समारोहमा सहभागी बन्नेछन् । उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

उद्घाटनपश्चात् दिउँसो २ः०० बजेदेखि ४ः०० बजेसम्म विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने ४ः०० बजेदेखि ५ः५० बजेसम्म ‘फेसन शो’ को कार्यक्रम तय गरिएको छ । साँझ ६ः०० बजे कार्यक्रमको समापन हुने महासचिव सिग्देलले जानकारी दिए।

विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्लनचोकमा साँझ ६ः०० बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ । उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३ वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...