एमालेमै फर्किने माधव नेपालको तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भेट्न एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत पुगेका छन् । अध्यक्ष नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेता बस्नेतले अध्यक्ष नेपाललाई एमालेमै फर्किन आग्रह गरेको बताए। उनले भने, ‘मैले उहाँलाई अब पार्टीमा फर्किन आग्रह गरेको छु । उहाँले सकारात्मक नै हुनुहुन्छ । तर, गठबन्धनबाट प्रचण्ड एक्लै बालकोट पुगेकोप्रति उहाँको चित्तदुखाइ पाए ।’ अध्यक्ष नेपालसँगको भेटवार्तामा नेकपा एसका सचिव मेटमणि चौधरी पनि थिए ।

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने अडान कसेपछि प्रचण्ड पाँच दलीय गठबन्धन टुटाएर आइतबार नै एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भइसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड एक ठाउँमा उभिएपछि अध्यक्ष नेपाललाई पनि फर्काउने प्रयास भइरहेको छ । त्यही बीचमा आज बिहान पनि प्रचण्डले आफू नेतृत्वको सरकारमा आउन अध्यक्ष नेपाललाई आग्रह गरिसकेका छन् ।

सरकारमा मात्रै नभएर एमालेका कतिपय नेताहरूले नेपाललाई पार्टीमा फर्काउने प्रयास गरिरहेका छन् । मङ्गलवार साँझ उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष नेपाल भेट्न कोटेश्वर पुगेका थिए । यसअघि उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि नेपाललाई भेटेर एमालेमा फर्किन आग्रह गरेका थिए । सुवास नेम्वाङदेखि महेश बस्नेतसम्मका नेताहरू माधव नेपालसँग संवादमा छन् । अहिले एमाले नेताहरूले ओली र माधव नेपालबीच भेटवार्ताको माहौल बनाउने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...