बार्दलीबाट अभिवादन गरेपछि पुराना कुरा फच्चे : सूर्य थापा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद सूर्य थापाले चुनावअघिको गठबन्धन अनैतिक भएपछि सरकार गठनका लागि एमाले र माओवादीबीच सहकार्य हुनु स्वभाविक भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन उनले भने, ‘चुनावअघि गठबन्धन गरेर जानेकुरा गलत हो । निर्वाचनको परिणापछि गठबन्धन बन्नु बाध्यात्मक र स्वभाविक हो। म गठबन्धन विरुद्ध लडेर आएको हुँ ।’

उनले पाँच दलीय गठबन्धनले सरकार र स्थितरता दिन नसक्ने चुनावअघि नै भनेको बताए । राजनीतिकमा असम्भव भन्ने केही नुहुने उनको भनाइ छ । उनले भने, ‘नेपालका मुख्य पार्टी एमाले र कांग्रेस नै हुन्। अरु केही पार्टी आउँछन् जान्छन् । यो प्रक्रिया चलिरहन्छ ।’उनले प्रचण्डले बालकोटको बार्दलीमा पुगेर अभिवादन गरेपछि पुराना कुरा फच्चे भएको उनको टिप्पणी छ ।

 

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...