वागमतीको मुख्यमन्त्री जगन्नाथ थपलिया बन्ने संकेत



हाम्रो इकोनोमि

 

 

आइतबार केन्द्रीय सत्ता समीकरणमा आएको फेरबदलले वागमती प्रदेशमा अब तीन दलको सरकार निर्माण हुने पक्कापक्की भएको छ । सरकारको लागि आवश्यक ५६ सिट तीन दलको पुग्ने भएपछि सरकार निर्माणको लागि वागमतीमा सहज अवस्थाको निर्माण भएको छ । वागमती प्रदेशसभाको कुल १ सय १० सिट छ । सरकार बनाउन ५६ सिट भए पुग्छ । नयाँ आइतबार निर्माण भएको गठबन्धनमा एमाले, माओवादी केन्द्र र राप्रपा गरी ६१ सिट रहेको छ । प्रदेशसभामा एमालेसँग २७ सिट, माओवादी केन्द्रसँग २१ र राप्रपासँग १३ सिट छ

वागमतीमा यसअघि नेपाली कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी भएको थियो । कांग्रेसभित्र दलको नेता छान्न सहमति नजुटेपछि पुस १३ गते दलको नेता छान्ने निर्वाचन हुँदै थियो तर एकाएक आइतबार नेपाली राजनीतिमा ‘सरप्राईज डिसिजन’ भएपछि अब माओवादी र एमालेबिच मुख्यमन्त्रीको लडाई देखिने भएको हो । वागमती प्रदेशमा सरकारमा सहभागी हुने नहुनेबारे राप्रपाले हालसम्म निर्णय गरेको छैन । तर समर्थन भने नयाँ गठबन्धनलाई दिने निधो भैसकेको राप्रपा वागमती प्रदेशले जनाएको छ ।

 

यी हुन मुख्यमन्त्रीका दाबेदार

वागमती प्रदेशको मुख्यमन्त्रीको लागि अब नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच रस्साकस्सी हुने देखिएको छ । यो पटक एमालेलाई माओवादीलाई भन्दा सहज अवस्था देखिएको छ । एमालेबाट केन्द्रीय सदस्य जगन्नाथ (जेएन) थपलिया मुख्यमन्त्रीका एक मात्र उम्मेदवार हुन् । एमालेले थपलियालाई नै दलको नेता चुन्ने जनाइएको छ । तर माओवादी केन्द्रमा भने दलको नेता बन्ने विषय पेचिलो बनेको छ ।

सरकाको नेतृत्व गर्न दलको नेता चयन हुनुपर्ने अवस्थाबिच माओवादीबाट पोलिटब्युरो सदस्य शालिकराम जमकट्टेल, युवराज दुलाल तथा वागमती प्रदेश अध्यक्ष सरल सहयात्रीबिच त्रिपक्षीय भिडन्त हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...