राप्रपा सरकारमा नजाने, समर्थन गर्ने



हाम्रो इकोनोमि

 

 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सहभागी नहुने भएको छ । हिजो बसेको पदाधिकारी बैठकले सरकारलाई बाहिरै बसेर समर्थन गर्ने अनौपचारिक सहमति गरेको हो ।

चुनावमा सन्तोषजनक नतिजा ल्याए पनि राप्रपा नेताहरुले सरकारमा जाने विषयमा अनिच्छा देखाउँदै आएका थिए । हिजो बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटघाट भएको थियो । उक्त भेटमा ओलीले लिङदेनलाई नयाँ गठबन्धन निर्माण गर्न सहयोग मागेका थिए । लिङदेनले राजनीतिक स्थिरताका निम्ति बहुमत पुर्‍याउन आफूहरुले सहयोग गर्ने बचन दिएका थिए ।

स्रोतका अनुसार ओलीले सरकारमा सहभागी हुन पनि लिङदेनलाई आग्रह गरेका थिए । लिङदेनले यसमा भने ठोस जवाफ दिएनन् । पार्टीमा छलफल गर्नुपर्ने भन्दै उनी बालकोटबाट बाहिरिएका थिए । त्यसपश्चात उनले पार्टी पदाधिकारीको बैठक राखेर छलफल गरे । छलफलमा धेरै नेताहरु प्रचण्डको नेतृत्वमा सरकारमा जान नहुने पक्षमा उभिएको स्रोतले बतायो ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले अहिले बोलाएको गठबन्धनको बैठकमा पनि राप्रपाको सहभागिता नरहने बुझिएको छ । स्रोतका अनुसार अहिलेको बैठक पावर शेयरिङमा केन्द्रित हुने भएकाले त्यसमा आफूहरुको प्रतिनिधित्व आवश्यक नरहेको अध्यक्ष लिङदेनले बताएका छन् । आजै हुने प्रधानमन्त्री प्रचण्डको सपथमा भने राप्रपाको सहभागिता रहनेछ ।

स्रोतका अनुसार ओलीको पहलमा निर्माण भएको गठबन्धनलाई बहुमत पुर्‍याइदिनमात्रै राप्रपाले सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । ओली र लिङदेनबीच छलफल हुँदा यति सजिलै बहुमत हासिल हुन्छ भन्ने थिएन ।  राप्रपामा प्रचण्ड प्रधानमन्त्री बनेमा त्यसलाई समर्थन गर्नु हुँदैन भन्ने मत प्रबल थियो । तर, ओलीसँगको सम्बन्धका कारणले समर्थन गर्नुपरेको एक नेता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...