नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सोमबार श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने नटुंगिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री प्रचण्डसँगै आज अपरान्ह शपथ ग्रहण गर्नेछन् । यसैबीच निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर प्रचण्डलाई बधाई दिएका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको प्रचण्डलाई बधाई तथा शुभकामना दिएका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

माओवादी केन्द्रको बैठक बसिरहेका बेला अध्यक्षसमेत रहेका प्रचण्डलाई देउवाले फोन गरेर बधाई तथा शुभकामना दिएका हुन् । कांग्रेससहितको गठबन्धन तोडेर प्रचण्ड आइतबार एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...