प्रधानमन्त्री आलोपालो, राष्ट्रपति र सभामुख एमालेलाई



हाम्रो इकोनोमि

 

 

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट आगामी सत्ता साझेदारीबारे ठोस सहमति जुटेको छ । नयाँ सरकारको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डले गर्नेछन् भने राष्ट्रपति एमालेले पाउने भएको छ ।

स्रोतका अनुसार प्रचण्डले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । आलोपालोको सिद्धान्तअनुसार त्यसपछिको आधा समय एमालेले सरकारको नेतृत्व लिनेछ । प्रधानमन्त्रीपछिको मुख्य दुई पद राष्ट्रपति र सभामुख भने एमालेले पाउने गरी सहमति जुटेको एक नेताले बताए ।

एमाले र एमाओवादीसहित कम्तीमा ५ वटा दलहरु आगामी सरकारमा सहभागी हुने भएका छन् । संसदको चौथो ठूलो दलका रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान सकारात्मक छ । यसैगरी जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी पनि इच्छुक छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सरकारमा जाने वा नजाने भनेर ठोस निर्णय लिएको छैन । यद्यपि, बहुमत पुर्‍याउन सहयोग गर्ने पार्टीको निर्णय छ ।

 

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...