राष्ट्रपति र प्रधानमन्त्री नछाडने देउवाको सन्देश प्रचण्डलाई



हाम्रो इकोनोमि

 

 

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले प्रधामन्त्री राष्ट्रपति छाड्न नसक्ने आफ्टो बटमलाइन माओवादीलाई सुनाएको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको सन्देश लिएर पुगेका नेता विमलेन्द्र निधीले पहिलो चरणमा प्रधानमन्त्री दिन नसक्ने र राष्ट्रपति पनि छाड्न नसकिने भएको भन्दै प्रचण्डलाई गठबन्धनमै रहन आग्रह गरेको स्रोतले बताएको छ ।

बिहान खुमलटार पुगेका निधिलाई प्रचण्डले प्रधानमन्त्री त्यागेर गठबन्धनमा बस्न नसकिने सुनाएका छन् । लगत्तै शीर्ष नेतासँग छलफल गरेर प्रचण्ड देउवालाई पार्टीको बटमलाइन सुनाउन बालुवाटार लागेका छन् । निधिले शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । कांग्रेसको उक्त सन्देशपछि प्रचण्डले देउवासँग निर्णायक छलफल गर्न लागेको नेता शक्ति बस्नेतले नेपाल प्रेसलाई बताए । देउवाले दुई दिनअघिदेखि नै रामचन्द्र पौडेल, प्रकाशमानलगायतका नेता लगाएर प्रचण्डलाई कन्भिन्स गर्ने प्रयास गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...