एमाले देखाएर वार्गेनिङ पावर बढाउँदै काँग्रेस –माओवादी



हाम्रो इकोनोमि

 

 

.

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन दिएको समयसीमा घर्कदैं गएका बेला राजनीति दलहरूमा सरगर्मी बढेको छ । सरगर्मीको केन्द्र भागमा रहेको छ नेकपा( एमाले) । एमालेकै हाउँगुजी देखाएर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) एकअर्कालाई तर्साउन, धम्काउन र फकाउन ब्यस्त छन् ।

काँग्रेस र माओवादीमा प्रधानमन्त्रीमा मै पहिले भन्ने होड चलेको छ । दुवैले एमाले देखाएर एकअर्कालाई तर्साएर वार्गेनिङ गरिरहेका छन् । माओवादी अध्यक्ष प्रचण्ड जहिले उधारोले घाटा परेको भन्दै यसपटक हाताहाती खोजीरहनु भएको छ । उहाँ यसपटक जसरी पनि पहिले आफू प्रधानमन्त्री हुने दाउमा हुनुहुन्छ । सकेसम्म सत्तागठबन्धन नटुटाई त्यसैको जगमा प्रधानमन्त्री हुने नभए एमालेसँग मिलेर पनि प्रधानमन्त्री पहिले आफै हुने दुवै पक्षका नेताहरूको दाउ छ ।

काँग्रेस –माओवादी दुवै एमालेसँग मिलेर सरकार बनाउन चाहन्छन्, तर गठबन्धन टुटाएको दोष एकअर्काको टाउकोमा थुपारेर । काँग्रेस–एमाले मिल्दा सरकार बनाउन तेश्रो दल खोज्नु परेन त्यो सुविधा र सरकार दिगो हुने सम्भावना तर लोकतन्त्रका लागि दिर्घकालीनरुपमा यो घाटाको लेनदेन हुनेछ । माओवादी –एमाले मिल्दा समान विचारका पार्टीबीचको सहकार्य हुन्छ ।

 

 

यो प्राकृतिक हो, तर काँग्रेस –एमाले मिलेजस्तो होइन माओवादी र एमालेको मिलाई । माओवादी –एमाले मिल्दा सरकार बनाउन बहुमत पुर्याउन अन्य दलहरूको खाजी गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...