प्रधानमन्त्री नपाए विकल्प खोज्ने प्रचण्डको संकेत



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भेटेका छन् ।शुक्रबार बिहान दाहाल निवास खुमलटार पुगेका सिंहले प्रचण्डसँग सरकार गठनको विषयमा छलफल गरेका छन् ।

गठबन्धन दलबीच सरकार बनाउने सहमति भएपनि नेतृत्वको विषयमा सहमति बन्न सकेको छैन । चुनावी सरकारको नेतृत्व देउवाले गरेको हुनाले प्रचण्डले अब बन्ने सरकारको नेतृत्वमा दाबी गरेका छन् । प्रचण्डलाई मनाउन नेता सिंहले ‘पावर शेयरिङ’ का आधारमा दोस्रो कार्यकाल प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको नेता सिंहका प्रेस संयोजक युपी लामिछानेले बताए ।

‘गठबन्धनको सरकार बनाउने भएपछि पहिलो कार्यकाल देउवालाई प्रधानमन्त्री छाड्नुहोस् । दोस्रो कार्यकतालमा तपाई प्रधानमन्त्री बन्नुस्’ सिंहको भनाइ थियो । तर, सिंहको प्रस्ताव प्रचण्डले अस्वीकार गरेको स्रोतले बतायो । प्रचण्डले पहिलो कार्यकाल प्रधानमन्त्री नपाए विकल्प खोज्ने संकेत दिएको बताइएको छ । कांग्रेसले प्रधानमन्त्री नदिए प्रचण्डले एमालेसँगको संवादलाई अगाडि बढाउने तयारी गरेका छन् ।

बिहीबार पनि सरकार गठनको विषयमा माधव नेपाललाई साथ लिएर प्रचण्डले देउवासमक्ष आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेका थिए । गठबन्धनमा प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, मुख्यमन्त्रीलगायका पद प्याकेजमै सहमति प्रयास जुटाउने गृहकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...