ज्येष्ठ सदस्य जबराले राष्ट्रपति भण्डारीबाट लिए शपथ



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रूपमा राप्रपा सांसद पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् । बुधबार शीतल निवासमा एक समारोहबीच राष्ट्रपति भण्डारीले राणालाई शपथ गराएकी हुन् ।

बिहीबार ज्येष्ठ सदस्य राणाले २७४ प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने छन् । निर्वाचन आयोगमा भरेको व्यक्तिगत फारममा महिन्द्रराय यादवको उमेर ८५ वर्ष उल्लेख थियो । तर, उनले आफ्नो नागरिकतामा उमेर धेरै भएको भन्दै शपथ नलिने जानकारी गराएपछि आयोगले संसद् सचिवालयलाई ८१ वर्षीय राणालाई ज्येष्ठ सदस्यको नाम पठाएको थियो । सोही नाम संसद् सचिवालयले राष्ट्रपतिलाई बुझाएपछि बुधबार राणाले शपथ लिएका हुन् ।

संसद् सचिवालयले ७ पुस (बिहीबार) प्रतिनिधिसभा सदस्यहरूको शपथ हुने सूचना जारी गरेको छ । राष्ट्रपति भण्डारीले आगामी १० पुससम्म प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...